यूएईको सम्पूर्ण टोली ‘रिटायर आउट’
शनिबार, २७ वैशाख २०८२, १८ : ५७
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले महिला टी-२० विश्वकप एसिया छनोटमा सम्पूर्ण टोलीलाई रिटायर आउट गरेको छ।
शनिबार बैंककको टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा युएईले कतारविरुद्ध १६ ओभरमा १९२ रन बनाएको थियो। तर जब टोलीलाई पानी पर्ने सम्भावना महसुस भयो, उसले आफ्नो सम्पूर्ण टोलीलाई रिटायर आउट गरेको हो।
टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा इनिङ्स घोषणा गर्ने नियम लागू हुँदैन। त्यसैले ओपनर तीर्थ सतीश र कप्तान इशा रोहित ओझाले अम्पायरलाई जानकारी गराएर आफ्नो प्याभिलियन फर्किए। टोलीले बाँकी ४ ओभर खेलेन।
युएईकी इशाको शतकको मद्दतले यूएईले कतारसामु १९३ रनको लक्ष्य प्रस्तुत गर्यो । जवाफमा कतार ११.१ ओभरमा २९ रनमा अलआउट भयो। यसरी युएई १६३ रनले विजयी भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण