महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) ले दुई आयोगको पदाधिकारी सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बेसको सर्च कमिटीको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
थापा र गड्तौलासहित ८ सदस्यको नाम पनि सफारिस गर्ने निर्णय गरेको स्रोतको भनाइ छ । सिफारिस समितिका प्रवक्ता लिली थापाले निर्णय भएपनि नामहरु मन्त्रालयलाई बुझाउने क्रममा रहेकाले अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने बताइन् ।
यसअघि आयोगले आयोगको पदाधिकारीका लागि मागेको निवेदनमा १११ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३४ जना सर्ट लिस्टमा परेका थिए । ती मध्येबाट १० जना आयोग पदाधिकारी सिफारिस भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण