ट्रकको ठक्करबाट एक युवकको मृत्यु

दमक । ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी र उनको अवस्था पनि गम्भीर रहेको प्रहरी जनाएको छ । जिल्ला प्रहरीका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गएराति दमक नगरपालिका–१ स्थित रवि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।
घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार छन् भने ट्रक र स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु