चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
काठमाडौँ । विदेशी मुद्रा सञ्चिति सवा २४ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनासम्म २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो । गत महिनासम्म यस्तो सञ्चिति २४ खर्ब ०९ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै गत वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यो सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा २१ खर्ब ३६ अर्ब ४६ करोड तथा बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९० अर्ब ३८ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको आयातलाई आधार मान्दा यो सञ्चितिले १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । अघिल्लो महिनासम्म १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था थियो ।
समीक्षा अवधिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । गत महिनासम्म चालु खाता १८० अर्ब ८ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।
त्यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । फागुन महिनामा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो भने अघिल्लो वर्ष ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण