शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तोकिएको क्षेत्रमा गएर काम गर्न मन्त्री पण्डितको कडा निर्देशन

सोमबार, ०३ मङ्सिर २०७५, १४ : ५३
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् ।  मन्त्री पण्डितले ‘कर्म एकातिर चाहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे । उनले देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरुको देशलाई कामै नभएको पनि स्पष्ट पारे ।

सोमबार ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गराए । कर्मचारीहरुले देशको हित हुने गरी काम नगरेको मन्त्री पण्डितको गुनासो छ ।

मन्त्री पण्डितले दुर्गम क्षेत्रको स्थानीय तहका काम गर्ने कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने घोषणा पनि गरे । उनले कर्मचारीको आवश्यक सेवा, सुविधा वृद्धि गर्न सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको पनि जानकारी दिए । 

प्रशिक्षणमा ३ सय ६५ जना शाखा अधिकृतहरु सहभागी भएका छन् । कार्यक्रममा बोल्दै लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले शाखा अधिकृतको प्रशिक्षण लिइरहेकाहरुबाट मुलुकले ठूलो अपेक्षा गरेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप