सावधान ! तपाईंलाई बुढी बनाइरहेको छ सेल्फीको लत
यदि तपाईं पनि छिनछिनमा सेल्फी खिच्नुहुन्छ भने तपाईं अब सावधान हुने बेला आएको छ किनभने तपाईंको यो शौखले तपाईंलाई समस्यामा पार्न सक्छ ।
अनुहार रुखो हुन्छः
डाक्टरका अनुसार सेल्फीको असर छालामा धेरै देखिन्छ । जुन साइडबाट तपाईं सेल्फी लिनुहुन्छ त्यो साइडको छाला अर्कोको भन्दा रुखो हुन्छ । यसमा तपाईंले कुनै पनि क्रिम लगाउँदा पनि असर देखिँदैन । केही समयअघि गरिएको एक अनुसन्धान अनुसार मोबाइल फोनबाट निस्कने लाइट र रेडिएशनले छालालाई घामको किरणभन्दा तीन गुणा बढि नोक्सानी पुर्याउने गर्दछ ।
पाको देखिन थाल्छ छालाः
छाला विशेषज्ञका अनुसार अनुहारमा लगाातार स्मार्टफोनको लाइट र इलेक्ट्रोम्याग्नेटिक रेडिएशनले छालालाई हानी पुर्याउने गर्दछ । यसले छाला बुढो देखिन थाल्छ र छालामा चाँडै नै चाउरी पर्न थाल्छ । वास्तवमा मोबाइल फोनको तरंगले सिधा डिएनएलाई नोक्सान पुर्याउने गर्दछ जसले छालाको प्राकृतिक मर्मत क्षमता दिन प्रतिदिन कम हुने गर्दछ । एक समय त यस्तो स्थिती पैदा हुन्छ कि यदि तपाईंको छालामा कुनै डण्डिफोर वा दाग धब्बा आएपनि त्यो ठिक हुन महिनौं लाग्छ ।
सनस्क्रिन पनि बेअसरः
वास्तवमा, फोनबाट निस्कने यी तरंग भिन्न प्रकारको हुन्छ जसमा सनस्क्रिनले पनि केही असर गर्दैन । सनस्क्रिनले तपाईंको छालाको बाहिर पत्रलाई घामबाट बचाउँछ जबकी मोबाइलको तरंगले छालाको भित्री भागसम्म प्रभावित पार्ने गर्दछ जसका कारण सनस्क्रिन पनि यो हानीलाई रोक्न सक्दैन ।
सेल्फाइटिस रोगः
सेल्फी लिने बानी यदि लतमा परिवर्तन भयो भने तपाईं सेल्फाइटिस रोगको चपेटमा आउन सक्नुहुन्छ । यो रोगबाट पीडित महिलाको दिमागमा सधैं यो कुरा घुमिरहेको हुन्छ कि कुन ठाउँमा सेल्फी खिच्ने र कहिले त्यसलाई सोसल मिडियामा हाल्ने । बिस्तारै बिस्तारै यो बानी यति धेरै बढ्ने गर्दछ कि यसले रोगको रुप लिने गर्दछ । अमेरिकन साइकोलोजिकल असोसिएसन एपीएले आधिकारीक रुपमा सेल्फी लिनेलाई मानसिक रोगी बताएको छ र यसलाई ‘सेल्फाइटिस’ को नाम दिइएको छ । यो रोगबाट ग्रसितलाई पटक–पटक सेल्फी लिन मनलाग्छ । डाक्टरका अनुसार यदि कसैले दिनमा तीन पटकभन्दा बढि सेल्फी खिचिरहेका छन् भने ती व्यक्तिलाई ‘सेल्फाइटिस’ भएको बुझ्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई दिइएको ‘क्लिन चिट’ विवादमा, महान्यायाधिवक्तामाथि मुद्दा चल्ने खतरा !
-
कार्यकर्तालाई इमानदार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’