शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातो हाब्रेको छालासहित एकजना पक्राउ

सोमबार, ३० पुस २०७५, २० : ०५
सोमबार, ३० पुस २०७५

जाजरकोट । प्रतिबन्धित रेडपाण्डा (हाब्रे)को छाला कारोवारमा संलग्न भएको आरोपमा आज एक युवकलाई पक्राउ गरिएको छ । 

डोल्पाको जगदुला–४ का २० वर्षीय दीपक रोकायलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि रेडपाण्डाको छालासहित जाजरकोट कालीमाटीका दुई युवक पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा प्रहरीले रोकायलाई पक्राउ गरिएको जनाएको छ । 

वन कार्यालयले दुर्लभ वन्यजन्तुको चोरी–शिकारी तथा वन्यजन्तुका आखेटोपहारको गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रेको छालाको व्यापार गर्ने कार्यमा संलग्न उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । 

प्रहरीले तीनै जनालाई डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । आवश्यक अनुसन्धानका लागि वन कार्यालयले सहायक वन अधिकृत पूर्णप्रसाद ढकाललाई अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि बढाएको डिभिजन वन अधिकृत मञ्जुर अहमतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप