शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘दंगल’ अभिनेत्री फातिमाका तीन किस्सा : ८० रुपैयाँका लागि  दैनिक १० किलोमिटर पैदल

मङ्गलबार, ०१ माघ २०७५, १७ : ५१
मङ्गलबार, ०१ माघ २०७५

मुम्बई– बलिउड सेलिब्रेटीको लाइफस्टाइलले हामीलाई सँधै लोभ्याउने गर्दछ । भन्दछौ ‘वा क्या लाइफ स्टाइल है ।’ तर हामी उनीहरुले सो सफलताका लागि गरेको संघर्षतिर भने कहिल्यै ध्यान दिँदैनौ । आज हामी बलिउडकी एक यस्ती अभिनेत्रीका संघर्षका दिनको तीन किस्सा प्रस्तुत गर्दैछौ । जो मध्यम वर्गीय परिवारबाट फिल्म दुनियाँमा चम्किलो पहिचान बनाउन सफल देखिएकी छिन् । ती हुन् फिल्म ‘दंगल’ मा गीता फोगाटको भूमिका निर्वाह गरेकी अभिनेत्री फातिमा खान शेख ।

पैदल यात्रा 
जतिबेला उनीसँग काम थिएन । उनी घरबाट जहाँ जानु परेपनि पैदल हिडेर पुग्ने गर्थिन् । एक समय उनी थियटरमा काम गर्थिन् । थियटरले एक शोको लागि उनलाई ८० देखि १०० सम्म रुपैयाँ दिन्थ्यो । यो समय उनका लागि पैसाको महत्व ठुलो थियो । थियटरको मनिङ शोका लागि उनी मध्यराती नै घरबाट निस्कने गर्थिन् । घरबाट थियटर करिब १० किलोमिटरको दूरीमा पर्दथ्यो । उनी एक घन्टा बढी पैदल यात्राबाट थियटर पुग्थिन् ।

अडिसनका लागि घन्टौ लाइन 

सुरुको समय उनको महत्वकांक्षा धेरै थिएन । एक भूमिकाबाट अभिनयमा भित्रिनु थियो । यसका लागि ठाउँ–ठाउँमा हुने अडिसनमा उनी सहभागी हुन्थिन् । ठाउँ–ठाउँबाट आएको मानिससँग अनेक धक्का खाँदै लामो लाइनमा घन्टौ बस्थिन् । आफ्नो पालोका लागि घन्टौ कुर्थिन् । सो समय उनको एक मात्र सपना हुने गथ्र्यो । एक दिन रंगिन पर्दामा देखिन्छु । यो क्रममा उनले कयौं अडिसन दिएकी छन् । 

दिलमा अभिनय हातमा क्यामरा 
अभिनय उनको उदेश्य थियो । तर उदेश्यमा पुग्न खल्तीमा पैसा पनि चाहिन्थ्यो । त्यसकारण जिउनका लागि उनले फोटोग्राफी शुरु गरेकी थिइन् । सो समय उनको साथमा थियटर अभिनयको पनि काम थिएन । विवाहको फोटो पनि खिच्थिइन् । आम्दानीका लागि केही समय उनी फोटोग्राफीमा हुन्थिन् । अन्य समय उनी आफुलाई अभिनयमा फोकस गर्थिन् ।

ती समय अहिले पनि उनलाई याद छ । ‘उनको मनमा अभिनयको आगो बलिरहेको हुन्थ्यो । उनी भने दुनियाँको विवाहको फोटो खिच्नमा तल्लिन रहन्थिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप