शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छात्राको मनोबल बढाउन जब एक शिक्षिकाले काटिन् आफ्नो कम्मरसम्मको कपाल...

मङ्गलबार, ०७ फागुन २०७५, १३ : ४५
मङ्गलबार, ०७ फागुन २०७५

एजेन्सी– अमेरिकाको टेक्सास राज्यकी एक शिक्षकाले आफ्नी एक निराश छात्राहरुलाई खुसी बनाउनको लागि एक सिर्जनात्मक उपाय निकालेकी छिन् ।  छोटो कपाल भएकाले दुःखी उक्त छात्राको मनोबल बढाउन उनले आफ्नो कम्मरसम्म आउने कपाल काटेकी छिन् । 

सानोन ग्रिम नामकी ती शिक्षिकाको पाँच वर्षे विद्यार्थी प्रिसिला आफ्ना साथीहरुको जिस्काईमा परेर निक्कै दुःखी थिइन् । किन्डर–गार्डेनमा पढ्ने प्रिसिलालाई छोटो कपाल भएका कारण साथीहरुले केटा भन्ने गर्थे । यही कारण उनी आफ्नो स्वरुपकै कारण निराश थिइन् । 

साथीहरुले धेरै जिस्क्याउन थालेपछि प्रिसिलाले ह्याट लगाउन थालेकी थिईन् ।  ‘मलाई स्कुल आउन मन लाग्नै छाडेको थियो । यही कारण म स्कुल आउनुपर्ने कुरा सम्झेर रुन्थे,’ प्रिसिलाले भनिन् । 

आफ्नी सानी छात्रामा दीर्घ खालको मानसिक आघात पर्ने देखिएपछि ग्रीमले उनको मनोबल उच्च बनाउनुपर्ने आवश्यकता महसुस गरिन् ।  उनले यसको लागि सानी बच्चीको जस्त्रै लम्बाईमा आफ्नो कपाल काटिन् । ‘आफू जस्तो देखिए पनि आफूप्रति सकारात्मक रहन सकिन्छ भनेर देखाउन यो भन्दा राम्रो उपाय के हुन्थ्यो र ?’ ग्रिमले भनिन् ।

अझ ग्रिमले प्रिसिलाले लगाउने जस्तै रिबन पनि किनेर लगाउन थालिन् ।  आफ्नो कठिन समयमा साथ दिएकोमा अघिल्लो हप्ता भएको विद्यालय बोर्ड मटिङमा प्रिसिलाले ग्रिमलाई ‘आफ्नो नायक मेडल’ प्रदान गरिन् ।

कपाल काटेर पहिलो पटक घर जाँदा ग्रिमको छोराले उनलाई कस्तो केटाजस्तो देखिएको प्रतिक्रिया दिएको थियो । उनका अनुसार किराना पसल र सार्वजनिक स्थानमा जादाँ उनलाई मान्छेहरुले हेरिरहेका छन् कि जस्तो लाग्छ । 

तथापि उनका अनुसार प्रिसिलाले उनलाई हेरेर बनाएको सकारात्मक सोच अघि यी अप्ठ्यारा उनका लागि केही होइन ।  ‘म मेरा विद्यार्थीहरुको मनोबल गिरेको र त्यही कारणले उनीहरुलाई विद्यालय आउन मन नलागेको महसुस गरेको हेर्न चाहन्न,’ ग्रिमले भनिन्, ‘म उनीहरु रमाएर स्कुल आउन् र यहाँ रहदाँ पनि रमाउन भन्ने चाहन्छु ।’

‘तपाई जस्तो सुकै देखिएपछि अथवा तपाईको कपाल जस्तोसुकै भए पनि तपाई सुन्दर हुनुहुन्छ भन्ने कुरा विद्यार्थीहरुले मनमा लिनुपर्छ ।’ उनले भनिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप