आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा २ गाडी जलाइयो

बिहीबार, ०५ वैशाख २०७६, ०९ : ३७
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको दुई स्थानमा गाडीमा आगजनी भएको छ । 

प्रदेश ३ का प्रहरी प्रमुख (डीआईजी) दिपक थापाका अनुसार थाहा नगरपालिका र भिमफेदी गाउँपालिकामा राती अज्ञात समूहले गाडीमा आगजनी गरिएको हो । 

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना २ च ९०९४ नम्बरको बसलाई अज्ञात समूहले बुधबार ११ः १५ बजे नै आगजनी गरेको डीआईजी थापाले रातोपाटीलाई जानकारी दिए । 

यस्तै भिमफेदी गाउँपालिका–९ मा तरकारी लोड गरेर राखेको तरकारी बोक्ने ना ४ ख ७९६० नम्बरको गाडीमा अज्ञात समूहले १२ः २० बजे आगजनी गरेको थापाको भनाई छ । 

डीआईजी थापाका अनुसार गाडीमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ । बन्दको पूर्वसन्ध्यामा गाडीमा आगजनी भएपछि विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप