शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको ट्रेलरबारे शाहरुख र आमिर खानले बोलेपछि सलमान खानले दिए यस्तो जवाफ

बिहीबार, १२ वैशाख २०७६, १० : ३७
बिहीबार, १२ वैशाख २०७६

सलमान खानको बहुप्रतिक्षित फिल्म भारतको ट्रेलर आजकाल चर्चामा छ । ट्रेलर सार्वजनिक भएपछि बलिउडका विभिन्न हस्तीले पनि यसलाई आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरिरहेका छन् । भारतको ट्रेलर शाहरुखलाई निकै मन परेको बताएका छन् भने आमिर खान र अनिल कपुरले पनि सलमानलाई उनको फिल्मका लागि बधाई दिएका छन् । यस्तोमा सलमानले दुबै अभिनेतालाई धन्यवाद दिएका छन् ।

भारतको ट्रेलरले अत्यधिक चर्चा बटुलेपछि शाहरुख खानले पनि सलमानलाई बधाई दिएका छन् । शाहरुखले ट्वीट गर्दै लेखे, ‘के हो भाइ, निकै राम्रो छ ।’ उनको यो कमेन्टपछि सलमानले ढिला नगरी उनलाई जवाफ दिएका छन्, ‘धन्यवाद शाहरुख । पिक्चर अझैं बाँकी छ ।’

यसबाहेक बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खानले पनि सलमान खानलाई बधाई दिँदै ट्रेलरमा ‘उत्कृष्ट’ लेखेका छन् । यस्तै, अनिल कपुरले पनि सलमान खानलाई बधाई दिएका छन् । अनिलले सोसल मिडियामा पोस्ट सेयर गर्दै लेखे, ‘भारतसँग भारतको यात्रा पुनः बाँच्नुहोस् ।’

अनिल कपुरको यो कमेन्टपछि सलमान खानले उनलाई ट्याग गर्दै लेखे, ‘ट्रेलरलाई लाइक र ट्वीट गरेकोमा धन्यवाद अनिल साहब ।’

स्मरण रहोस्, फिल्म भारत दक्षिण कोरियाली फिल्म ओड टु माय फादरको हिन्दी रिमेक हो । यसमा सलमान खानसँग अभिनेत्री कट्रिना कैफ र दिशा पटानीको पनि महत्वपूर्ण भूमिका छ । फिल्मको निर्देशन अलि अब्बासले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप