शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकले ‘७औं सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्दै

बिहीबार, १२ वैशाख २०७६, १९ : २५
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गरेको अवसरमा ‘७औं सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।  

बैंकले काठमाडौँ जिल्ला लन टेनिस संघको सहकार्यमा बैशाख १६ गते देखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लब मा उक्त खेल संचालन गर्न लागेको हो ।

विभिन्न सात विधामा संचालन हुने खेलको विजेताहरुलाई कुल ५लाख १३ हजार ५ सय बराबरको पुरस्कार वितरण हुनेछ ।

यस टुर्नामेन्टमा करिव १५० जना खेलाडीहरूको सहभागिता हुने अपेक्षा लिएको काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष मनोहर दास मुलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप