जहाँ असुलिइन्छ मनपरी भाडा
जुम्ला – जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीबाट बजारसम्म पहिले १०० रुपैयाँमा यात्रु ओसार्ने गाडीहरुले आजकल २०० रुपैयाँ भाडा लिने गरेको स्थानीयवासी उमेश बुढाले जानकारी गराए ।
अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रु आवतजावत गर्न बाध्य भएको बुढाको भनाइ छ । अप्ठ्यारो बाटोमा क्षमताभन्दा बढी यात्रु राखेर गाडीहरु सञ्चालन हुने गरेको उनले बताए ।
“जुवाडाम रहेको प्रहरी चौकी नजीक आएपछि यात्रुहरु झार्ने गरिन्छ”, बुढाले भने, “कोटाभिड ,नजीक पुगेपछि पुनः यात्रु राखेर बजार ल्याउने गरिएको छ ।” यात्रुको ढाड सेकिने गरी भाडा असुल गरिएको प्रति उनले विरोध जनाए।
लासीबाट बजारसम्म र बजारबाट लासीसम्म जाने साना गाडीहरुले पछाडिको ढाला र छतभरि मान्छे बोकेर सञ्चालन हुने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारी साधनमाथि निगरानी नगर्दा सवारी सञ्चालकले मनपरी भाडा असुल्ने गरेका हुन् ।
यात्रुहरुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताको गाडीमा झण्डै २५ जनासम्म कोचेर मनपरी शुल्क लिने गरेको गुनासो गरेका छन् ।
सवारी चालक र सवारीधनीले पातारासी ‘रुट’मा मनपरी भाडा असुली रहँदा पनि प्रहरी चुप हुँदा यात्रुहरुले दुःख पाएका हुन् ।
लासीबाट बजार–बजार–उथ्र्रुसम्म चल्ने गाडीहरुमा बढी पैसा असुल्ने र सिट सङ्ख्याभन्दा सातौँ गुणा बढी यात्रु ओसार्ने गरेको स्थानीयवासी शिवा बुढाले बताए । प्रहरीको सक्रियाता नहुँदा गाडीधनीहरु खुलेआम यात्रु ठग्ने गरेका गुनासो आइरहेको छ ।
ट्राफिक प्रहरीले बजारमा बसेर जरिवाना काट्ने गरे पनि दिनहुँ गाडी धनीहरुले निर्बाध मान्छे कोच्ने र बढी रकम असुल्ने कार्य जारी राखेका छन् ।
ट्राफिक प्रहरीको उपस्थिति नभएका कारणले आफूखुशी चालक र सवारीधनीले भाडा असुल्ने गरेको शिवा बुढाले गुनासो गरे ।
टिकट काट्ने काउन्टरको व्यवस्था नभएका कारण बीच बाटामै यात्रुबाट रकम लिने गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण