पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिर्ने बुद्ध एयर सम्मानित, एकै दिन ५५ सय यात्रुलाई सेवा
काठमाडौं– पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिरेको बुद्ध एयरलाई सरकारले सम्मान गरेको छ । सरकारलेआर्थिक वर्ष २०७५/७६ मा पर्यटन व्यवसायमा संग्लन निकाय तथा कम्पनीको पुरस्कार बुद्ध एयरलाई दिएको हो ।
४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा भएको कार्यक्रममा सरकारले बुद्ध एयरलाई समान गरेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले गत आ.व.मा कुल ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ राजस्व बुझाएको थियो ।

एकै दिन ५५ सय यात्रुलाई बुद्धको सेवा
बुद्ध एयरले एकै दिन सबैभन्दा धेरै यात्रुलाई सेवा दिएर आफ्नै रेकर्ड तोडेको छ । बुद्धले एकै दिन ५५ सय ९२ यात्रुलाई सेवा दिएर आफ्नै रेकर्ड तोडेको हो ।
यही असोज ९ गते देशभरका ५५ सय ९२ यात्रुलाई सेवा दिने अवसर पाएको बुद्ध एयरलाईन्सले जनाएको छ । दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई मध्यनजर गरेर एयरलाईन्सले यात्रुलाई सुरक्षित र सहज सेवा दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण