दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ
शुक्रबार, १७ असोज २०७६, १४ : ११
काठमाडौँ-ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी रु दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
यता काठमाडौँ महानगरपालिका–२२ बस्ने राधे साहुको कोठामा गएराति आगलागी हुँदा कोठामा रहेको नगद रु चार लाख र लत्ताकपडा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण खुल्न नसकेको र अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण