विश्वव्यापी भोकमरी सूचकाङ्कमा भारत अगाडि
एजेन्सी । ‘ग्लोबल हंगर इन्डेक्स’मा ११७ देशहरु सूचीमा नेपाल ७३ औं स्थानमा आएको छ । सम्बन्धित देशका नागरिकले सन्तुलित खाना खाए– नखाएको, बालमृत्युदरको अवस्था, बाल कुपोषणजस्ता आधारलाई यो सूचकाङ्क तयार गरिन्छ ।
भारत एशियाको तेस्रो ठूलो अर्थव्यवस्था र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थव्यवस्था हो । तर ग्लोबल हंगर इन्डेक्समा भारत दक्षिण एशियाका अन्य देशका तुलनामा तल देखिन्छ ।
यसको मतलब श्रीलंका, नेपाल, बंंग्लादेश र पाकिस्तानका जनता भारतीयहरुभन्दा पोषणको आधारमा अघि छन् । भारत यो मामिलामा ब्रिक्स राष्ट्रहरुमध्ये त सबैभन्दा तल छ ।
दक्षिण एशियाली देशमध्ये यस सूचकाङ्कमा सबैभन्दा राम्रो श्रीलंका ६६ औं स्थानमा छ । त्यसपछि नेपाल ७३ औं, बंग्लादेश ८८औं र पाकिस्तान ९४औं स्थानमा छ ।
भारत सूचिको १०२औं स्थानमा छ । सन् २०१० मा ९५औं स्थानमा रहेको भारत अहिले आएर सन् २०१९मा १०२औं पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने