साग व्यवस्थापनको जिम्मेवारी संघलाई
काठमाडौं – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन् ।
नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले भने– ‘साग राष्ट्रले आयोजना गर्ने हो । तर, सागमा समावेश खेलको व्यवस्थापन र सञ्चालन सम्बन्धित खेल संघले नै गर्ने हो । सबै संघलाई जिम्मेवारी दिएर खेल विकासमा अगाडि बढ्ने छौं ।’ खेलकुद मन्त्री विश्वकर्माले खर्च गर्दा पारदर्शीतामा जोड दिनु पर्ने बताए ।
संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हालै कतारमा सम्पन्न एनोक बैठकका दौरान सागको समय सार्ने विषयमा कुनै छलफल नभएको प्रष्ट पार्दै राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले निर्धारित समयमै साग हुनु पर्नेमा जोड दिए ।
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कुनैपनि काम गर्दा पद्धति र प्रकृयालाई ध्यानमा राखि अगाडि बढ्नु पर्ने सुझाए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले साग समयमै हुने भएकाले यसलाई अवस्मरणीय बनाउन सम्बन्धित सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने बताउदै सागको प्रगतिका बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन