आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

स्कुलको चौरीमा रात विताइरहेका छन् सिरहाका बाढीपीडित (फोटोफिचर)

बुधबार, ३२ साउन २०७४, २० : ४४
बुधबार, ३२ साउन २०७४

सिरहा– बाढी पहिरो र डुबानका कारण विचल्लीमा परेका बाढीपडितहरुको सिरहामा अझै पनि उस्तै विचल्ली छ । पीडितहरु विद्यालयको चौरमा रात विताइरहेका छन् । बाढीपीडितहरुका लागि विभिन्न संघ संस्थाहरुबाट राहत विरतणको काम पनि भइरहेको छ ।

सिरहाको कल्याणपुर ३ इटारीपर्साहीका बाढीपीडितलाई बुधबार विभिन्न संघ संस्था दलहरुले राहत प्रदान गरे । नेकपा माओवादी केन्द्रका स्थानीय नेता प्रकाश महासेठ, राष्ट्रिय जनता पार्टीका जिल्ला आर्थिक विभाग प्रमुख रामनारायण यादव, जिल्ला दैवि प्रकोप उद्धार समितिले यहाँका बाढी पीडितलाई राहत प्रदान गरेको हो । 

माओवादी केन्द्रका नेता महासेष्ठले बाढीबाट प्रभावित भएको सय घरपरिवारलाईघ विछ्याउन त्रिपा, मच्छर झुल प्रति परिवार १० केजीका दरले चामल, दाल र नुन प्रदान गरेको छ । 

त्यसैगरी, राजपाका नेता रामनारायण यादवले बाढीपीडित एक सय घरपरिवारलाई पाँच केजीका दरले पीठो, एक एक थान थाल र गिलास, नुन लागाएतका सामग्री प्रदान गरेको छ । बुधबार नै जिल्ल दैविप्रकोप उद्धार समितिले फमको म्याट एक थान, च्यूरा, दालमोट लगाएतका सामग्री प्रदान गरेको जनाएको छ । 

धुलीखेल हस्पिटलले बाढीपीडितको लागि विभिन्न लत्ताकपडा, थालभाडा लगाएतका सामग्री जिल्ला दैवि उद्धार प्रकोप समितिलाई जिम्मा लगाएको जनाएको छ । साथै उनीहरुले चार सय प्रकारका औषधी पनि जिल्ला स्वास्थ्यकार्यालयलाई जिम्मा लगाएको जनाएको छ । 

अस्पतालले बुधबार एक दिवसीय स्वास्थ्य शिविर समेत संचालन गरेको थियो । शिविरमा डा. दीलिप यादव र डा.विन्द्र गोलेको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको टोलि प्रमुख जनस्वास्थ्य व्यवस्थापन प्रमुख रोशन कुमार महतोले जानकारी दिए । शिविरमा एक सय ५० भन्दा बढी विरामीहरुको जाँच गरिएको जनाएको छ । 

जिल्ला सदरमुकामसमेत रहेको सिरहा नगरपालिका कार्यालयले सिरहा ६ बसबिट्टा गाउँका बाढी प्रभावितहरुलाई चार क्विण्टल चिउरा, एक क्विण्टल मुरही, एक हजार प्याकेट चाउचाउ, दालमोट र मट्टितेल वितरण गरेको छ । सुखीपुर नगरपालिका कार्यालयले आफ्नो क्षेत्रका बाढी प्रभावितहरुलाई खानेकुरासहितका राहत सामग्री वितरण गरिएको जनाएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार सिरहाका बाढीपिडितलाई अव राहातभन्दा उनीहरुलाई आफ्नै घरमा फर्किने वातावरण बनाउनु पर्ने बताए । दुईदिन देखि मौसम सफा भएपछि पानीको सतह घटेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए । अव विस्थापीत परिवारलाई राहत भन्दा उनीहरुलाई सुरक्षित साथ आफ्नै घरमा वस्ने बातावरण बनाउनु पर्ने बताए । 

अझैपनि घरहरुमा हिलो जमेकोले मौसम सफा रहेपनि दुईदिन हिलो सुक्न समय लाग्ने इटारी पर्साहीका बाढीपीडित सोनफी मण्डले बताए । विद्यालयमा वसिरहेका सवैलाई कल्याणपुर नगरपालिकाले खानाको प्रबन्ध मिलाएको छ ।

घरबाट विस्थापीत ४५ घर परिवारलाई नगरपालिकाले खाना, खाजाको व्यवस्थापन गरेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णुदेव यादवले जानकारी दिए । सिरहामा बाढीले २५ स्थानका २ हजार भन्दा बढी परिवार पूर्ण प्रभावित भएको जनाइएको छ । 

बाढीले सिरहाको लहान, औरही, निर्दना, सारश्वर, बसबिट्टा, माडर, मलहनिया गमहरिया, सुखचैना, खिरौना, लगडीगोठ, लगडीगदियानी, लक्ष्मिनीया, सन्हैठा, हकपाडा, कर्जनहा, गौताडी, भोक्राहा, भेडिया, चतरी, इटाटार, बेलहा, मझौलिया, अर्नामा प्र.रा. बढी प्रभावित रहेको नेपाल रेडक्रस सोसाइटी सिरहाले जनाएको छ ।
बाढीपीडितलाई स्वस्थ रहन सचेतना 

जिल्ला जनस्वास्थ्य कार्यलय सिरहाले बाढी प्रभावित इटारी पर्साहीका वासिन्दालाई आहिले बाढीका कारण खाने पानी दुसित भएकोले तताएर अथवा पानी सुद्धिकण गर्ने क्लोरिन, पीयुस जस्ता औषधी हालेरमात्र सेवन गर्न स्थानीयलाई सचेत गराएको छ । 

बाढीका कारण जतासुकै प्रदुशन फैलिएको र खानेपानीको मुहान समेत दुसित भएकाले पानी निर्मलीकरण गरेमात्र पीउन सर्वसधारणलाई जानकारी गराउने र उनीहरुको स्वास्थय  जाँज गरिरहेको  जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख चुमन लाल दासले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप