षडयन्त्रलाई निष्तेज पार्नेगरी तयारी अवस्थामा रहन कार्यकर्तालाई देउवाको निर्देशन
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता षडयन्त्रलाई निष्तेज पार्नेगरी तयारी अवस्थामा रहन पनि पार्टीका तरुण तथा विद्यार्थीहरुलाई निर्देशन दिए ।
नेपाल तरुण दलले आईतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, नेपाली जनताको बोल्न, लेख्न, संगठन खोल्न पाउने लगायतका प्रजातान्त्रिक अधिकारहरुको रक्षा गर्ने दायित्व पार्टीका तरुण र युवाहरुको काँधमा आएकाले सोही अनुसारको जिम्मेवारी पूरा गर्न सक्ने गरी आफ्नो संगठनलाई सशक्त बनाउन पनि तरुण दललाई सचेत गराए ।
‘नेपाली जनताको स्वाभिमानका साथ बाँच्न पाउने जो अधिकार छ, मुलुकको राष्ट्रिय एकतालाई अक्षुग्ण राख्नुपर्ने कामहरु गर्नुपर्ने बेला आएको छ,’ सभापति देउवाको निर्देशन थियो, ‘सो जिम्मेवारी पूरा गर्न पार्टीका तरुण र युवा विद्यार्थीहरुलाई तयार रहन म आग्रह गर्दछु ।’
सभापति देउवाले ६६ वर्षअघि तरुण दल स्थापनाकै दिन पारेर राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालालाई जेल चलान गरेर मुलुकमा फेरि निरंकुशता लादेको पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण