मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
आइतबार, २४ जेठ २०८३, १० : ३९
सारांश
- मोरङको उर्लाबारीमा प्रहरीले मलद्वारमा लुकाई राखेको लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
- चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट करिब ३३ ग्राम र निश्चल गुरुङको मलद्वारबाट करिब २० ग्राम ब्राउन सुगर बरामद भएको छ।
- नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
मोरङ । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको छ ।
दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण