नेपाल अत्यन्त अप्ठेरो अवस्थामा पुगेको छ: सभापति देउवा
भक्तपुर–काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल अत्यन्तै अप्ठेरो अवस्थामा रहेको बताएका छन् । सोमबार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
‘देश अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको छ । अहिले कम्युनिस्ट सरकार मुलुकमा छ । सरकारले जनताका अधिकार खोस्न नयाँ नयाँ विधेयकहरु ल्याएको छ भने अर्कोतिर जग्गा जमिन पनि खोसने काम भइरहेको छ’, शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक कुरा नगर्ने भन्दै बोल्न सुरु गरेका देउवाले वर्तमान सरकारको चर्को आलोचना गरे ।
कुनै पनि व्यक्तिलाई जग्गाजमिन अत्यन्तै प्यारो हुने भन्दै उनले खेति नगरको बहाना बनाएर व्यक्तिको जमिन हडप्न सरकार आफै लागि परेको आरोप लगाए ।
महंगी बढेको र भ्रष्टाचार बढेकोमा जनता आक्रान्त भएको भन्दै उनले यसको जवाफ सरकारले दिनुपर्ने देउवाको भनाई छ । उनले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा वर्तमान सरकारको विकल्पका रुपमा काँग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण