सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छः सभापति देउवा
तनहुँ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको शनिबार दमौलीमा लोकार्पण गर्दै उनले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए ।
सरकारले राम्रो काम गरे प्रतिपक्षको पनि सहयोग रहने सभापति देउवाले बताए । उनले भने, “सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ । कम्युनिष्ट सरकारले राम्रो काम गरोस् ।” सभापति देउवाले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
दुई तिहाईको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै सभापति देउवाले त्यस्तो कार्य काङ्ग्रेसलाई मान्य नहुने बताए । “अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट देश होइन,” उनले भने । प्रजातन्त्रका लागि काङ्ग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रको विरुद्धमा काङ्ग्रेस जान नसक्ने सभापति देउवाको भनाइ थियो ।

काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक अधिकार कुण्ठित हुने हो की भन्ने चिन्ता रहेको बताए । प्रजातन्त्रको रक्षाका लागि काङ्ग्रेस पछाडि नहट्ने प्रष्ट पार्दै उनले राजनीति र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताए ।
अदालत, संवैधानिक निकाय र अख्तियारलाई दुई तिहाईको त्रास देखाउने काम भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले दुई तिहाई मतको दुरुपयोग गर्न नहुनेमा जोड दिए ।
“काङ्ग्रेस समाप्त भए लोकतन्त्र समाप्त हुने भएकाले काङ्ग्रेसलाई बलियो शक्ति बनाउनु अहिलेको प्रमुख आवश्यकता हो”, उनले भने ।
काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै काङ्ग्रेस एकजुट भए कसैले पनि हराउन नसक्ने ठोकुवा गरे । विचार र इतिहास राम्रो तथा कार्यकर्ता सक्षम रहेकाले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो शक्तिको रुपमा उदय हुने उनले ठोकुवा गरे ।
प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले स्व नेता पोखरेलको राजनीतिक एवं आत्मवृतान्त ‘मेरो जीवन यात्रा’बारे समीक्षा गरेका थिए । कार्यक्रममा काङ्ग्रेस नेता रामचन्द्र पोखरेल, प्रदेशसभा सदस्यद्वय सरिता गुरुङ र दोबाटे विक, काङ्ग्रेस नेता समुन्द्र गोदार, तनहुँ काङ्ग्रेसका उपसभापति लक्ष्मी आचार्यलगायतले स्व गोवद्र्धनको सिद्धान्त र विचार आजका काङ्ग्रेस नेता कार्यकर्ताले आत्मसात गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण