सुकुटे बस दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त
आइतबार, १७ कात्तिक २०७६, १६ : ४४
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुनकोशी नदीमा बस खसेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख नम्बरको बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा खस्दा १० जनाको मृत्यु र करिब दुई दर्जन व्यक्ति घाइते भएका थिए ।
सभापति देउवाले प्रेस विज्ञप्ति जारी गरि मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले बेपत्ताहरुको खोजी तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण