नवनियुक्त प्रदेश प्रमुखको सपथ आज
मङ्गलबार, १९ कात्तिक २०७६, ०८ : ३२
काठमाडौँ । नवनियुक्त प्रदेश प्रमुखहरुले आज सपथ लिदैछन् । प्रदेश प्रमुखहरुलाई मङ्गलबार बिहान नौ बजेपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ ग्रहण गराउन लागिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेर सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । राष्ट्रपतिबाट सपथ लिएसँगै प्रदेश प्रमुखहरुले पदभार ग्रहण गर्नेछन् ।
संविधानको धारा १६३ को २ बमोजिम राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा सोमबार साँझ कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २, झापाका विष्णु प्रसाईं प्रदेश ३ र चितवनका अमिक शेरचन गण्डकी, सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी सर्मीला कुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

