बिदाइ कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख झाले भने, ‘सरकारको नियमित प्रक्रियाबाट विचलित हुनुहुँदैन’
बुटवल । प्रदेश ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाको आज बिहान बुटवलमा प्रदेश सरकारले बिदाइ गरेको छ ।
विदाइमा कार्यक्रममा बोल्दै झाले सरकारले गरेको प्रदेश प्रमुखहरु परिवर्तन नियमित कार्य भएको यसमा आफ्नो कुनै आपत्ति नभएको बताए । यसबाट कोही पनि विचलित हुन नहुने उनको जिकिर थियो । उनले आगामी दिनमा पनि नयाँ प्रमुखलाई पनि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रदेशका मन्त्री, उच्च पदस्थ कर्मचारी, उच्च सुरक्षा अधिकारीको उपस्थीतिमा भएको बिदाइ कार्यक्रममा उनले तीनै तहका सरकारसहित आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जिम्मेवारीबाट बिदा हुन पाएको खुसी व्यक्त गरे ।

झाले संविधान कार्यान्वयनमा सहयोग गर्ने प्रदेशवासीलाई पनि धन्यवाद ज्ञापन गरे । उनले भने ‘मेरो कार्यकालमा यस प्रदेश तथा समग्र देशकै हित अभिवृद्धि गर्ने सहकार्यमा मलाई सहयोग र समन्वय गर्नुहुने संघीय सरकार एवम् प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू एवम् राजनीतिक दलका नेतृत्व वर्ग, नागरिक समाज, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारीहरू, पत्रकार मित्रहरू लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम १७ कार्तिकमा सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन्।झालाई पदमुक्त गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश ५ मा प्रदेश प्रमुखका रुपमा धर्मराज यादव नियुक्त भएका छन् ।

प्रदेशका काुननमन्त्री कुलप्रसाद केसीले झाको बिदाइ गर्दै झा प्रदेश प्रमुखको बेला संविधान कार्यान्वयनमा सहयोग पुगेको बताए । उनले झा गरेका काम प्रदेशवासीको हितमा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण