भारतीय दूतावासको मुख्य गेटमा नेविसंघले जलायो मोदीको पुत्ला
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अमृत साइन्स क्याम्पस इकाई कमिटीले लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि आक्रोसित विद्यार्थीले निशेधित क्षेत्र तोडेर गेटअगाडि पुत्लादहन गरेका हुन् ।
नेविसंघ अस्कल क्याम्पसका कार्यवाहक अध्यक्ष पुरन रोकाया (सुदामा)को नेतृत्वमा दूतावास पुगेको विद्यार्थी टोलीले पुत्ला दहन गर्नुका साथै नेपाली भूभाग मिच्न पाईँदैन भन्दै नाराबाजी समेत गरेका थिए ।
सोही क्रममा आक्रोसित विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो । झडपका क्रममा सुजन गुरुङ, देवेन्द्र तिवारी, अमृतजंग बस्नेत, प्रकाश अर्याल, आङनिमा शेर्पालगायत विद्यार्थी घाइते भएका छन् ।
आक्रोशित विद्यार्थीले आइतबार भारतीय दूतावासको सवारी साधन चल्न नदिने घोषणा समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल