काँग्रेसले बनायो रमेश लेखकको नेतृत्वमा उपनिर्वाचन अनुगमन समिति
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्षर धांधलीरहित बनाउनका लागि अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको विधान बमोजिम ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ को गठन गरेको हो ।
समितिको सदस्यमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचचन समितिका सदस्य सीताराम केसी, अधिवक्ता तेज रावल र सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेका छन् ।
समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने छ । उपनिर्वाचनको सुरक्षा व्यवस्थापन हेरी निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पार्टीको उम्मेदवार र सदस्यहरुलाई चुनाव प्रचारमा परिचालन गर्ने, मतदातालाई मतदान गर्न प्रेरित गर्ने, स्वतन्त्र मतदान र मतगणना व्यवस्थित गर्ने लगायतको काम गर्ने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण