कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन गरिने
प्रभु बैंक लि. ले मोरङ्गको विराटनगर महानगरपालिका वडा–७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गर्ने भएको छ । बैंकले उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको हो ।
कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालनको लागि सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर सम्झौतामा कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरीटेन्डेन्ट डा. श्री गुणराज लोहनी र प्रभु बैंक लि. का तर्फबाट प्रदेश नं. १ का कार्यालय प्रमुख श्री लेखराज कार्कीले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौतापश्चात् प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गर्नेछ ।
साथै, सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई समेत बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ । कोशी अस्पतालमा प्रभु बैंकको काउण्टरबाट उपचारको लागि अस्पतालमा आउने सेवाग्राहीहरुले कोशी अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् ।
प्रभु बैंकले कोशी अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचार सेवामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण