निर्वाचन आचारसंहिताको उल्लङ्घन भयो : देउवा
कैलाली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको आचारसंहिता उल्लङ्घन भइरहेकाले निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताएका छन् ।
नेपाल महिला सङ्घ कैलालीले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा अचारसंहिताको अक्षरशः पालना हुनुपर्नेमा जोड दिए । वर्तमान सरकार जनभावना विपरीत गएको आरोप लगाउँदै उनले यसको विरुद्धमा सशक्त भएर काम गर्नुपर्ने बेला आएको उल्लेख गरे । भारतसंँग सरकारले सीमा विवादका बारेमा वार्ता गरेर समाधान खोज्नुपर्ने सभापति देउवाको भनाइ थियो ।
भारतले अहिले जारी गरेको नक्सा गलत भएकाले सरकारले कूटनीतिक माध्यमबाट तत्काल सच्चाउन पहल गर्नुपर्ने दोहो¥याउँदै उनले भने, “महाकाली नदीलाई दुई देशको सिमाना र महाकाली नदीको पानी आधाआधा बाँड्ने महाकाली सन्धिमा उल्लेख छ । भारतले त्यही सन्धिअनुसार कार्यान्वयन गर्नुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण