बलियो बन्दै ज्योति लाईफ इन्स्योरेन्सको जीबन बिमा कोष, बिमा शुल्कमा १२४ प्रतिशतको बृद्धी
काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्सले चालु आ.व.को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
व्यवसाय शुभारम्भ गर्दा देखि नै घातक रोग उपचार सुविधा सहितका बीमा योजनाहरु बजारमा ल्याइ हाल सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको छ ।
वित्तीय विवरणमा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आव.को पहिलो त्रैमासमा कुल बिमा शुल्कमा १२४ प्रतिशतले बृद्धी भइ २७.६५ करोड आर्जन गरी दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः ३५ प्रतिशत र १७५ ले वृद्धी गरेको छ भने नाफामा २५ प्रतिशतले बृद्धी गर्दै ३.७६ करोड नाफा गर्न सफल भएको छ ।
व्यवसाय तथा लगानी बृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले पहिलो त्रयमासमा जगेडा कोषमा समेत ७३ प्रतिशतले बृद्धी भइ २४.८० करोड कायम हुन गएको देखिन्छ । त्यसैगरी, ३०५ प्रतिशतले बृद्दी भइ ९१.४६ करोडको जिवन बिमा कोष खडा भएको छ ।
जीवन बिमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बिमा कोषलाइ लिइन्छ जसको कारणले बिमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पार्ने र कम्पनीको बोनस दर आकर्षक हुन गई आगामी दिनमा ज्योति लाइफका बिमितहरु लाभान्वित हुनसक्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण