मिर्गौलापीडित चौधरीलाई एनआरएनए नाइजेरियाद्वारा सहयोग
राष्ट्रिय समन्वय समितिले तिहारमा देउसी खेली कल्याणकारी कोषमा जम्मा गरेको रकम मिर्गौलापीडितको उपचारको लागि सहयोग गरेको छ ।
समितिले पैसठ्ठी हजार आठ सय सतसठ्ठी कैलालीको टिकापुर नगरपालिका सितापुरका दुवै मिर्गौला काम नलाग्ने भइ काठमाडौंको त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत बिपन्न परिवारका रमेश चौधरीलाई उपचार सहयोग गरेको हो ।
एनआरएनए नाइजेरियाका सदस्यहरुले गत तिहारको देउसीमा एनआरएनए नाइजेरियाको कल्याणकारी कोषका लागि गरेको सहयोग एनआरएनए नाइजेरियाले टिकापुर सरोकार समूहमार्फत उनको खातामा हस्तान्तरण गरेको थियो ।
सहयोगकर्ताहरुमा चिरञ्जीवी रोका (१०० युएस डलर), बिश्वास पौडेल (१०० युएस डलर), बिदुर घिमिरे (५० युएस डलर), संजय थापा (१०० युएस डलर), अभिषेक मान सिंह (५० युएस डलर), आशा श्रेष्ठ सरकार (२८ युएस डलर), सोमेश अर्याल (५० युएस डलर), हिक्मत थापा – १०० युएस डलर रहेका छन् ।
संकलित रकम रमेशकी श्रीमती रिताकुमारी चौधरीको खातामा जम्मा गरिएको हो । यसअघिको नाइजेरियाका अर्का मनकारराजेन्द्र बक्सीबाट प्राप्त २२,६०० उनको खातामा जम्मा गरि सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण