प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
शुक्रबार, २२ जेठ २०८३, २१ : ३३
सारांश
- नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना डीएसपीहरुको सरुवा गरिएको छ ।
- ई.जितनारायण यादवलाई प्रधान कार्यालयस्थित सूचना प्रविधि निर्देशनालयमा सरुवा गरिएको छ ।
- डा.शिरीषचन्द्र रेग्मी, डा.आदर्श खनाल, डा.प्रशंसा शाक्य र डा.विदुरप्रसाद आचार्यलाई प्रहरी अस्पतालमा सरुवा गरिएको छ ।
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना डीएसपीहरुको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले डीएसपीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । इन्जिनियरिङ उप समूहको कम्युटरतर्फका ई.जितनारायण यादवलाई प्रधान कार्यालयस्थित सूचना प्रविधि निर्देशनालयमा सरुवा गरिएको छ ।
चिकित्सातर्फका डीएसपीहरु डा.शिरीषचन्द्र रेग्मी, डा.आदर्श खनाल र डा.प्रशंसा शाक्यलाई महाराजगञ्जस्थित प्रहरी अस्पतालको डेन्टल शाखामा पठाइएको छ । डा.विदुरप्रसाद आचार्यलाई सर्जिकल शाखामा सरुवा गरिएको छ । चारै जना चिकित्सक उपत्यका बाहिर रहेको प्रहरी अस्पतालमा कार्यरत थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण