लोकतन्त्रको रक्षा र न्यायका लागि नेपाली काँग्रेसले जित्नुपर्छ : देउवा
दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा र न्यायका लागि नेपाली काँगे्रसका पक्षमा मतदान गर्न सबैमा अपिल गरेका छन् । पश्चिम दाङको श्रीगाउँमा आयोजना गरिएको चुनावीसभालाई सम्बोद्धन गर्दै उनले अहिलेको चुनाव सरकार बदल्ने नभई कम्युनिष्ट सरकारले राम्रो काम गरेका छैन भन्ने सन्देश दिनका लागि पनि नेपाली काँग्रेस जित्नुपर्ने आवश्यकता औल्याए ।
सभापति देउवाले देशमा उपभोक्ता समितिको नामबाट लुटतन्त्र भइरहेको उल्लेख गर्दै अहिलेको सरकारले राष्ट्रवादको नारा लगाउँदै चुनाव जितेको हो तर त्यो राष्ट्रवाद कालापानी, लिपुलेकमा गएर अहिले लम्पसारवादमा परिणत भएको आरोप लगाए ।
पश्चिम दाङको विकास नेपाली काँग्रेसको पालामा नै भएको उल्लेख गर्दै उनले दाङमा हुन लागेको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आफ्नो पार्टीले त्याज्ञी, क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाएकाले उनलाई विजय गराउन आम मतदातालाई आग्रह गरे ।
सभापति देउवाले आफ्नो पार्टीले महिला, आदिवासी, जनजातिलगायत सबै समुदायलाई समावेशी ढङ्गले समेटेको बताउँदै जनतालाई झुक्काएर भ्रममा पारेर चुनाव जित्ने पार्टी काँग्रेस नभएकाले राष्ट्रियता, समावेशी लोकतन्त्र, विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन सबैमा आग्रह गरे ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले जनताले दिएको विश्वासको दुरुपयोग गरेको आरोप लगाउँदै निष्ठालाई मूल्याङ्कन गरेर क्षमतावान् विकासप्रेमी नेपाली काँग्रसका उम्मेदवारलाई मतदान गरी जिताउनुपर्नेमा जोड दिए । काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले देशमा भएका महत्वपूर्ण विकासका काम काँग्रेसको पालामा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण