नायिकाले ९ महिनासम्म लुकाइन् आफ्नो गर्भावस्था, आमा बनेपछि बताइन् बच्चाको नाम
सिरियल ‘सिलसिला बदलते रिश्ता’ की चर्चित नायिका नायिका अदिति देव शर्माका प्रशंसकका लागि खुसीको खबर छ । अदिति आमा बनेकी छिन् । उनले छोरा जन्माएकी छिन् ।
अदितीले मिडियासँग ९ महिनासम्म आफ्नो गर्भावस्था लुकाएर राखिन् । यद्यपि, उनी गर्भवती भएको अड्कलबाजी भने गरिएको थियो । तर अदितिले कहिले पनि आफू गर्भवती भएको जानकारी भने दिएकी थिइनन् ।
बम्बे टाइम्सको रिपोर्ट अनुसार अदितिले नोभेम्बर १६ मा छोरालाई जन्म दिएकी छिन् । अदिति र उनका श्रीमान् सरवर अहूजाले छोराको नाम सरताज राखेका छन् ।
एक पत्रिकासँगको कुराकानीमा अदितिले भनिन्, ‘हामी घरमा आफ्नो छोरालाई कृष्णा भन्छौं । किनभने उसको अनुहारले शान्ति प्रदान गर्छ । उसको मुस्कान निकै सन्तुष्ट दिने प्रकारको छ ।’
अदितिले थपिन्, ‘नोभेम्बरमा हाम्रो विवाह भएको ६ वर्ष पुरा हुन्छ । बच्चाको जन्मसँगै आमा–बुवाको रुपमा हाम्रो पनि नयाँ जन्म भएको छ । अभिभावकत्वतर्फ हामी बेबी स्टेप्स लिइरहेका छौं । हरेक दिन हाम्रो सम्बन्ध थप बलियो भइरहेको छ ।’
अभिभावकत्वमाथि अदितिले भनिन्, ‘हामी आफ्नो होम प्रोडक्सनका लागि सँगसँगै काम गरिरहेका छौं । मेरो काम बच्चालाई खुवाउने हो भने सरवरले उसलाई सुताउन मद्दत गर्छन् ।’
गर्भावस्थाबारे कसैलाई पनि जानकारी नदिएको बारे अदितिले जानकारी दिँदै भनिन्, ‘हामी निकै प्राइभेट छौं । हाम्रो परिवार र नजिकका साथीहरु यो सुन्दर यात्राको हिस्सा बने । हाम्रा नजिकका साथीहरुले क्यूट बेबी सावर पार्टी पनि आयोजना गरेका थिए ।
स्मरण होइन, अदिति टिभी जगतकी चर्चित अनुहार हुन् । अदितिले थुप्रै टिभी शोमा काम गरेर चर्चा बटुलेकी छिन् । अदितिले फिल्ममा पनि काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण