नायिकाले ९ महिनासम्म लुकाइन् आफ्नो गर्भावस्था, आमा बनेपछि बताइन् बच्चाको नाम

सिरियल ‘सिलसिला बदलते रिश्ता’ की चर्चित नायिका नायिका अदिति देव शर्माका प्रशंसकका लागि खुसीको खबर छ । अदिति आमा बनेकी छिन् । उनले छोरा जन्माएकी छिन् ।
अदितीले मिडियासँग ९ महिनासम्म आफ्नो गर्भावस्था लुकाएर राखिन् । यद्यपि, उनी गर्भवती भएको अड्कलबाजी भने गरिएको थियो । तर अदितिले कहिले पनि आफू गर्भवती भएको जानकारी भने दिएकी थिइनन् ।
बम्बे टाइम्सको रिपोर्ट अनुसार अदितिले नोभेम्बर १६ मा छोरालाई जन्म दिएकी छिन् । अदिति र उनका श्रीमान् सरवर अहूजाले छोराको नाम सरताज राखेका छन् ।
एक पत्रिकासँगको कुराकानीमा अदितिले भनिन्, ‘हामी घरमा आफ्नो छोरालाई कृष्णा भन्छौं । किनभने उसको अनुहारले शान्ति प्रदान गर्छ । उसको मुस्कान निकै सन्तुष्ट दिने प्रकारको छ ।’
अदितिले थपिन्, ‘नोभेम्बरमा हाम्रो विवाह भएको ६ वर्ष पुरा हुन्छ । बच्चाको जन्मसँगै आमा–बुवाको रुपमा हाम्रो पनि नयाँ जन्म भएको छ । अभिभावकत्वतर्फ हामी बेबी स्टेप्स लिइरहेका छौं । हरेक दिन हाम्रो सम्बन्ध थप बलियो भइरहेको छ ।’
अभिभावकत्वमाथि अदितिले भनिन्, ‘हामी आफ्नो होम प्रोडक्सनका लागि सँगसँगै काम गरिरहेका छौं । मेरो काम बच्चालाई खुवाउने हो भने सरवरले उसलाई सुताउन मद्दत गर्छन् ।’
गर्भावस्थाबारे कसैलाई पनि जानकारी नदिएको बारे अदितिले जानकारी दिँदै भनिन्, ‘हामी निकै प्राइभेट छौं । हाम्रो परिवार र नजिकका साथीहरु यो सुन्दर यात्राको हिस्सा बने । हाम्रा नजिकका साथीहरुले क्यूट बेबी सावर पार्टी पनि आयोजना गरेका थिए ।
स्मरण होइन, अदिति टिभी जगतकी चर्चित अनुहार हुन् । अदितिले थुप्रै टिभी शोमा काम गरेर चर्चा बटुलेकी छिन् । अदितिले फिल्ममा पनि काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कृषि क्षेत्रका कार्यक्रम हटाइएकोमा अध्यक्ष प्रचण्डको आपत्ति
-
नीति तथा कार्यक्रम जनअपेक्षाअनुकूल छैन : प्रचण्ड
-
केबल चोरी हुँदा स्पेनमा हाई–स्पिड रेल सेवा प्रभावित
-
नवाजुद्दीन सिद्धिकीले किन भने बलिउडलाई चोर ?
-
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश