उसुमा नेपाललाई थप दुई स्वर्ण
मङ्गलबार, १७ मङ्सिर २०७६, ११ : ०३
१३ औँ दक्षिण एसियाली खेद साग अन्तरगत नेपालले थप दुई स्वर्ण पदक जितेको छ ।
उसुअन्तरगत चान क्वान थाउलोमा नेपालले पुरुष र महिलातर्फ स्वर्णपदक जित्न सफल भएको हो ।
पुरुषतर्फ विजय सिन्जालीले ९.४८ अंक बटुल्दै स्वर्ण पदक हात पारेका हुन् । प्रतिस्पर्धामा बङ्गलादेशका मोहमद ओमारले रजत तथा श्रीङ्काका सौम्य प्रभाकर कोस्थ्याले काँस्य पदक जित्न सफल भए ।
यता, महिलातर्फ सुस्मिता तामाङले ९.४४ अंक बटुल्दै स्वर्ण पदक जितेकी छिन् । नेपालले स्वर्ण जित्दा श्रीलङ्काकी पीएचजी वथसालाले रजत तथा बङ्गलादेशका नुर बहेर बेगमले काँस्य पद जितेकी छिन् ।
१३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण