एथ्लेटिक्समा नेपाललाई पहिलो पदक
काठमाडौं । काठमाडौँमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जितेका हुन् । उनले निर्धारित दुरी तीन मिनेट ५९.२० सेकेण्डमा पूरा गरे । उनी यस पदकसँगै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बने ।
सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो । भारतका अजयकुमार सरोले तीन मिनेट ५४.८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले तीन मिनेट ५७.१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे । यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पा¥योे । नेपालकी सरस्वती भट्ट पाँचौं र सानुमाया कार्की सातौं भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण