लिभरपुलको अपराजित यात्रा जारी
डिभोक ओरिगीको दुई गोल गरेपछि शीर्ष टोली लिभरपुलले इङ्लिस प्रिमिर लिगमा अपराजित यात्रा जारी राखेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ५–२ गोलले हरायो ।
लिभरपुललाई जिताउन ओरिगीको दुई तथा जरदान साकिरी, साडियो माने र जर्जिन्हो विजनाल्डमले एक एक गोल गरे । एभर्टनका मिचेल किन र रिचार्लीसनले गोल गरे । लिभरपुलले छैटौ मिनेटमा डिभोक ओरिगीको गोल बाट अघि बढेको थियो । १७औं मिनेटका साकिरीले लिभरपुलको अग्रता दोब्बर बनाए । २१औं मिनेटमा किनले एक गोल फर्काए । ३१औं मिनेटमा ओरिगीले व्यत्तिगत दोस्रो गोल गरे ।
४५औं मिनेटमा साडियो मानेले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एभर्टनका रिचार्लीसनले अर्को एक गोल फर्काए । त्यसपछि लिभरपुलले खेलको अन्तिममा अर्को गोल थपेको थियो । ९०औं मिनेटम विजनल्डमले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाएको थिए । लिगमा अपराजित यात्रा जारी राखेको लिभरपुलले १५ खेलबाट ४३ अंक बनाएको छ । १४ अंक बनाएको एभर्टन रेलिगेसनको चपेटामा छ ।
यसैगरी लिगमा लेस्टर सिटीले लिभरपुललाई पछ्याउने क्रम जारी छ । बुधबार राति भएको खेलमा लेस्टरले वाटफोर्डलाई २–० गोलले हरायो । घरेलु मैदानमा लेस्टरको जितमा जिमी भार्डीले ५५औं र जेम्स म्याडिसनले ९०औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानमा रहेको लेस्टरले ३५ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको ३२ अंक छ । लेस्टरसँग हारेको वाटफोर्ड आठ अंक सहित तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण