कविता : लुँडो आधुनिक खेल
शनिबार, २१ मङ्सिर २०७६, १० : ५५
-सुवास चौँलागाईँ
चार युवक
समयको पर्वाह नभइन्जेल
लुँडो भनिने आधुनिक खेल
खेलिरहेका थिए
एउटालाई चौका चाहिएको
अर्कोलाई एक अङ्क
तेस्रोलाई भने छ अङ्क
सबैलाई अङ्क ल्याएर
अघि बढ्नु रहेछ
खेलमा
तर यो जीवन रूपी रेलमा
यी सबै थाकेका रहेछन्
पढाइ लेखाइबाट भागेका रहेछन्
अङ्कको जादु देखिने खेल खेल्न
समयसँग लुकामारी गरिरहेका रहेछन्
तेसैले प्यारो साथी समय
यी खेलाडीलाई खाडी नपठाइदेउ
यिनीहरुको खेल छिट्टै सकिन्छ
माहाभारतको युद्ध त अठार दिन चलेको
यी खेलाडी भिड्न थालेको चार घण्टा त भयो
आशा गरौँ यो माहायुद्ध पछि
धेरै चिज बदलियोस्
यी खेलाडीहरुलाई
गृह प्रवेश गर्दा
पुष्प गुच्छले स्वागत गरियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तीको आक्रमणमा आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण