महिला हिंसाको अन्त्यका लागि कडा सजायको व्यवस्था हुनुपर्छ: सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने बताएका छन् । मंगलबार काँग्रेस पार्टी कार्यालय सानेपमा ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलत्कार तथा हत्या न्युनिकरणका लागि कानूनमै कडा व्यवस्था गरिनुपर्ने बताएका हुन् ।
उनले नेपाली काँग्रेसको विधानमा यस्तो गतिविधिमा सहभागी हुनेहरुलाई सदस्यता समेत लिन नपाउने व्यवस्था गरिएको बताए । उनले महिला हिंसा कम गर्न सरकारले काम नगरेपनि नेपाली काँग्रेसले गर्नुपर्ने बताए । कार्यक्रममा काँग्रेस महासचिव शशाङ्क कोइरालाले महिला हिंसाविरुद्धको विषयलाई विद्यालयस्तरको पाठ्यक्रममै राखेर अगाडी बढ्नुपर्ने बताए । त्यस्तै काँग्रेस नेतृ आरजु देउवाले महिलामुखि एजेण्डाहरु नेपाली काँग्रेसले स्थापनाकालदेखि उठाउँदै आएको बताए ।
नेपाली काँग्रेसले समाजमा परिवर्तन ल्याउने गरी महिलाका लागि गर्नुपर्ने कामहरुको बारेमा प्रतिष्ठान अगाडी बढ्नुपर्ने समेत उनले बताए । नेतृ उमा रेग्मीले नेपाली समाजमा महिलालाई बस्तुजस्तो प्रयोग गर्ने र फाल्ने रुपमा हेरिएको बताउँदै सरकार यसप्रति गम्भिर नभएको आरोप लगाए । उनले लोकतन्त्रको नाउँमा झन् बढी महिला हिंसा बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण