नारायणी नदीमा नेपाली सेनाको जलउद्दार अभ्यास, हेरौं तस्बिरमा

चितवन । चितवनको नारायणी नदीमा नेपाली सेनाले जलउद्धार अभ्यास तालिमको प्रदर्शनी गरेको छ । नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण रिसौली चितवनले श्री विपद् व्यवस्थापन निर्देशनालय अन्तर्गतका फौजहरुको क्षमता विकास अभिवृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको विकास गर्ने उद्देश्यले जलउद्धार अभ्यास गरेको हो । सो अवसरमा नदीमा डुङ्गा पल्टेर डुबेकाहरुको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा मोटरबोट, जेटबोट र र्याफटिङ्ग बोट प्रयोग गरिएको थियो । ६ दिनसम्म भएको उक्त तालिमको समापन गरिएको हो ।
तालिममा श्री विपद् व्यस्थापन तालिम शिक्षालय श्री नम्बर १ विपद् व्यवस्थापन गण र श्री नम्बर २ विपद् व्यवस्थापन गणका ३५ सेनाहरुको सहगागिता रहेको श्री नम्बर २ विपद् व्यवस्थापन गणका गणपति राजेन्द्र पराजुलीले बताए । उक्त प्रदर्शनमा प्रशिक्षार्थीहरुले फ्लिप ड्रिल अण्डर वाटर क्रसिङ्ग ओ बी एम र्याफटिङ्ग बोटद्वारा अभ्यास गरेका थिए । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई विपदमा प्रयोग गरिने विभिन्न आधुनिक उपकरणबारे जानकारी गराइएको थियो । सो अवसरमा विपदका बेला उद्धार गर्ने सम्बन्धमा पूर्व अभ्यास देखाउने, नदीमा बगेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा प्रदर्शर्नी गरिएको र विपद् व्यवस्थापन गणसँग भएका उद्धार सामाग्रीको प्रदर्शनी समेत भएको थियो ।
आफुहरुसँग रहेका तीन प्रकारका सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको पराजुलीले बताए । सो अवसरमा (सिएसएसआर) कोल्याप्स इस्टक्चर सर्च एण्ड रेस्क्यू सम्बन्धि उद्धार सामाग्री, फायर फाइटिङ्ग सम्बन्धि उद्धार सामाग्री र वाटर रेस्क्यु सम्बन्धि उद्धार सामाग्री प्रदर्शनी भएको थियो । कार्यक्रममा सेनाको विपद व्यवस्थापन निर्देशनालयका सहनिर्देशक महासेनानी सुवास थापा, जिल्लाका सरकारी निकायका सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमास हमलाको जाँच गर्न इजरायली क्याबिनटले गर्यो अस्वीकार
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान
-
वर्षाका कारण बुटवल–नारायणगढ राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू
-
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता