बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

नर्वे र आइभरी कोस्टबिच अन्तिम–३२ को भिडन्त सुरु

मङ्गलबार, १६ असार २०८३, २२ : ४५
मङ्गलबार, १६ असार २०८३

सारांश

  • विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा नर्वे र आइभरी कोस्टबिच प्रतिस्पर्धा सुरु भएको छ ।
  • अमेरिकाको टेक्सास राज्यस्थित डलास स्टेडियममा भइरहेको यस खेलको विजेताले अन्तिम १६ मा स्थान बनाउनेछ ।
  • नर्वेले एर्लिङ हालान्ड, मार्टिन ओडेगार्ड र अलेक्जान्डर सोर्लोथलाई मैदानमा उतारेको छ भने आइभरी कोस्टले केइसी, फोफाना र पेपेमाथि भरोसा गरेको छ ।

काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को बहुप्रतीक्षित खेलमा नर्वे र आइभरी कोस्टबिचको प्रतिस्पर्धा सुरु भएको छ ।

अमेरिकाको टेक्सास राज्यस्थित डलास स्टेडियममा हुने खेलको विजेताले अन्तिम–१६ मा स्थान बनाउनेछ भने पराजित टोलीको विश्वकप यात्रा यही चरणमा समाप्त हुनेछ ।

समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नकआउट चरण पुगेका दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । नर्वेले आफ्ना प्रमुख खेलाडीहरूलाई पुनः पहिलो रोजाइमा उतारेको छ । टोलीको आक्रमणको नेतृत्व स्टार स्ट्राइकर एर्लिङ हालान्डले गरेका छन् भने कप्तान मार्टिन ओडेगार्ड र अलेक्जान्डर सोर्लोथ पनि सुरुआती टोलीमा छन् ।

यता आइभरी कोस्टले पनि केही परिवर्तनसहित टोली मैदानमा उतारेको छ । कप्तान फ्राङ्क केइसी, गोलरक्षक याहिया फोफाना तथा निकोलस पेपेजस्ता अनुभवी खेलाडीमाथि टोलीले ठुलो भरोसा गरेको छ । अफ्रिकी टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकाल्दै नयाँ इतिहास रच्ने लक्ष्यमा छ ।

यस खेलको विजेताले अन्तिम–१६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ, जसले यसअघि जापानलाई २–१ ले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप