कविताः सम्झना
-राजन पराजुली
जब आकाशमा औँसी हटेर जून लाग्छ
त्यसै बेला तिमीलाई सम्झन्छु
एक्लै पागल सही म भाँैतारिएको हुन्छु
त्यसैबेला तिमीलाई सम्झिन्छु
बाटोमा जोडी जोडी बनेर हिँडेको देख्छु
हातले हात समाएर मस्की मस्की रमेको देख्छु
खुला चौरमा प्रेमिकाको न्यानो काखमा
चल्दै चल्दै निदाएको देख्छु
म आफ्ना आँखाबाट बर्र आँशुका ढिका खसाई
त्यसैबेला तिमीलाई सम्झन्छु
भात खाँदा खाँदै गलले कुक्क बाडुली लाग्दा
मन्दिरमा पतिको लामो आयुका लागि
पूजा गर्न नारीहरूको भीड लागेको देख्दा
मेरो कमलो मन छिन भरमै भक्कानिन्छ
त्यसैबेला तिमीलाई सम्झन्छु
जाडोले थर्थर काम्दा
तिम्रो रातो पछ्यौरीले मलाई ओडाउँथ्यौ
चिसोले मार्छ है भन्दै
बाक्लो बाक्लो लुगा लगाइ दिन्थ्यौँ
जाडो याममा आकाशबाट झरेका
चिसो शीतका थोपाले शरीरलाई भुक्क हान्दा
त्यसै बेला तिमीलाई सम्झन्छु
हिजो आज तिमीबिनाको यो रात बौलाह लाग्छ
हिजो आज तिमीबिनाको समय लामो लाग्छ
हिजोआज तिमीबिनाको दिन अँध्यारो लाग्छ
तिमी थियौ र त म थिएँ
तिमीसँग बिताएका हरेक पलहरूले
मेरो मुटुनिर भुक्क हान्दा
म सपनाबाट बिउझिएझँै हुन्छु
तिखा तिखा काडाँले
च्वाच्स घोचेझैँ हुन्छ
भित्ताको त्यो ठूलो माला लगाइएको
तिम्रो तस्बिर एक्कासि देख्छु
हो त्यसै बेला तिमीलाई सम्झिन्छु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण