बन्धनमा नारी, यो कस्तो महिनावारी ?
-डा. अच्यूतशाली घिमिरे
नारी !
विश्वको सर्वोत्कृष्ट कृति
सुख शान्तिको प्रतीक
नारी !
जीवन धन सर्वस्वले अद्भुत
मृदुलता र भावनाले अनुभूत
अझ आजका नारी
आर्थिक सामाजिक
राजनीतिक कानुन
चिकित्सा सञ्चार
सबै क्षेत्रमा घनिभूत,
तर पनि छन् बन्धनमा नारी !
आखिर यो कस्तो महिनावारी ?
नारी
एकातिर पूज्य वात्सल्यमयी
ममतामयी आमा हुन् भने
अर्कोतिर सारा दुःख कष्ट बिर्साउन सक्ने
प्रियतमा सहधर्मिणी हुन् !
हामीमा पूर्ण मानव बन्ने प्रेरणा दिने नारी
शक्ति स्वरूपा हुन् !
हे समाज !
के पाउछौँ ?
रजस्वला भएकी नारीलाई
अलग्गै छाउगोठमा राखेर
महिनावारी समयमा घरपरिवारमा
कोसैलाई छोइहालेमा
घरमा अनिष्ट हुने
देवीदेवता रिसाउने
परम्परागत रुढीवादी
अन्धविश्वास हाकेर,
अचम्म लाग्छ
ओढ्ने ओछ्याउने कपडा नदिएर
पोषणयुक्त खानेकुरा खान नदिएर
पनि कतै
धर्म र सत्य पुकार्न सकिन्छ र ?
महिनावारी त एउटा शक्ति हो
सन्तानोत्पत्तिको,
भूपि शेरचनले भनेझैँ
शुभ्र शान्त र स्निग्ध
शिखा मैनबत्तीको
हे समाज !
यस दिव्य क्षणहरुलाई
अवहेलना नगर
हे पिता !
साहसको कमीमा
तिम्रो छातीमा लिप्सिन आउने
छोरीबाट पर नसर
हे समाज !
लैङ्गिक विभेद र अशिक्षालाई
पक्षपोषण नगर
आऊ सबैजना
हातेमालो गरी
नारीलाई यो बन्धनबाट मुक्त गरौँ
स्वस्थ र सुरक्षित महिनावारी
प्रण गरौँ
तिनका हाँसिरहेका यौवनहरुमा
सहानुभूति भरौँ
नवीन प्रभातमा फुल्ने
यी फूलका सौन्दर्यमा
माधुर्य भरौँ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण