जनकपुरमा बम आतंकः फेरि भेटियो शंकास्पद वस्तु
धनुषा । जनकपुरधाम उपमहानगरपालिका ९ स्थित संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटो तर्फ खाली जग्गामा प्रेसर कुकर बमजस्तै देखिने शंकास्पद वस्तु देखिएपछि प्रहरीले सुरक्षा सतर्कता अप्नाएको छ । प्रेसर कुकर बमजस्तो वस्तु भित्तामा राखेको स्थानीयवासीले देखेपछि प्रहरीले सो क्षेत्रमा करिब २ घन्टा देखि आवागमन नै ठप्प पारेको हो ।
करिब राति ९ बजे स्थानीयवासीहरुले भित्तामा प्रेसर कुकर राखेको देखेपछि बमको शंका गर्दै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले जानकारी पाएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै नेपाली सेनालाई बोलाएको छ ।
यता प्रेसर कुकरजस्तो वस्तु देखिएकाले शंकास्पद लागेर आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । सो वस्तु कुकर बम भएको अशंका भएकोले आवतजावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
शनिबार धनुषास्थित महेन्द्रनगर बजारमा एक व्यवसायीको घरमा बम बिस्फोट हुदा एक प्रहरी निरीक्षक सहित ३ जनाको मृत्युका र ४ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण