सीतापाइलामा आगलागी हुँदा जे देखियो (फोटोफिचर)
शुक्रबार, ०४ पुस २०७६, १८ : ३२
काठमाडौं । काठमाडौं सीतापाइलास्थित एक स्टोरमा आगलागी भएको छ । सितापाइलाबाट रामकोट जाने बाटोमा रहेको लामखुट्टे मार्ने क्वाएलको स्टोरमा आगलागी भएको हो ।

प्रहरीका अनुसार शुक्रबार अपराह्न ४ बजेदेखि सुरु भएको आगलागी २ घण्टासम्म पनि नियन्त्रर्णमा आउन सकेको छैन । काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरीको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो नियन्त्रर्णका लागि ४ वटा दमकल प्रयोग गरिएको छ । आगलागीको कारण खुलेको छैन भने क्षतिको विरण आउन पनि बाँकी रहेको महानगरीय प्रहरी बृत स्वयम्भुका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण