के तालु खुइलाउँदा बाक्लो कपाल आउँछ ? थाहा पाउनुस् वास्तविकता
कपाल झर्नबाट रोक्नका लागि र बाक्लो कपाल पाउनका लागि मानिसहरुले तालु खुइलाउन सल्लाह दिन्छन् । धेरै मानिसहरुलाई लाग्छ कि तालु खुइलाउँदा नयाँ आउने रौं मोटो र बाक्लो हुन्छन् र रेजर लगाउँदा पहिले नभएका ठाउँमा पनि कपाल उम्रिन थाल्छ । तर के वास्तवमा नै यस्तो हुन्छ ?
सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि तालु खुइलाउनुको अर्थ कपाललाई काट्नु नै हो । र तपाईंले कपाललाई जसरी काटेपनि यसले त्यसको वृद्धि, लम्बाई र मोटाईमा कुनै फरक पार्दैन । तर यो साँचो हो कि कपाल लामो भएपछि हाँगा पलाउन थाल्छन् जुन काट्दा हामीलाई कपाल बाक्लो भएको महसुस हुन्छ ।
यसबाहेक धेरैलाई लाग्छ कि कपालमा तेल मालिस गर्दा कपाल छिटो बढ्छ र बलियो हुन्छ जबकी यस्तो केही पनि हुँदैन । यदि तपाईं कपाललाई धेरै रगडेर मालिस गर्नुहुन्छ भने तपाईंको कपाल टुट्न सक्छ ।
चायाका कारण कपाल झर्छ भनेर विभिन्न विज्ञापनले देखाउने गर्छन् तर यो पनि वास्तविकता होइन । चायाका कारण तपाईंको कपाल कमजोर भएर टुट्छन्, झर्दैनन् । टुट्नु र झर्नु फरक कुरा हो ।
मानिसहरुमा यो पनि गलत धारणा छ कि हामीले पटक–पटक स्याम्पु परिवर्तन गर्नबाट रोक्नुपर्छ जबकी यसले कपालसँग कुनै सम्बन्ध राख्दैन । स्याम्पु हो, कुनै रक्सी होइन जुन तपाईंको कपाललाई लत लागोस् । यदि तपाईंलाई आफ्नो स्याम्पु परिवर्तन गर्न मन लागेको छ भने आनन्दले चेन्ज गर्नुहोस् ।
यतिमात्र होइन, मानिसहरुलाई लाग्छ कि यदि कन्डिशनरको प्रयोग गरे कपाल झर्न थाल्छ जुन पूर्ण रुपमा बकवास हो । कन्डिशनरले कपाल नरम बनाउँछ लट्टा पर्दैन जसका कारण कपाल कम झर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण