अक्षय खन्नाले भने, ‘मैले कलेजको पहिलो वर्षको परीक्षा दिइनँ, थाहा थियो फेल हुनेछु’
अक्षय खन्नाले कलेजमा भर्ना भएपछि पहिलो वर्षको परीक्षामा फेल हुने पक्कापक्की भएपछि परीक्षा नै नदिएको खुलासा गरेका छन् । रिलिजको संघारमा रहेको फिल्म ‘सब कुशल मंगल’ को प्रोमोशनमा व्यस्त अक्षयले मुम्बई मिररसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । उनले भने, ‘मलाई पढाईमा अघि बढ्ने रुची नै थिएन । म परीक्षाका लागि पर्याप्त रुपमा तयार थिइनँ । राम्रोसँग थाहा थियो कि फेल हुनेछु । त्यसकारण परीक्षा दिनै गइनँ ।’
त्यतिबेला १७ वर्षको थिएँः अक्षय
अक्षय थप्छन्, ‘मैले त्यहि गर्ने निर्णय गरेँ, जुन म गर्न चाहन्थेँ । प्रश्न यो थियो कि परिवारलाई चाहिँ कहिले भन्ने ? किनभने म त्यतिबेला १७ वर्षको मात्रै थिएँ । तपाईं आफ्नो परिवारलाई आफ्नो करियर चोइसबारे भन्न डराउनुहुन्छ र संवादमा ढिला हुन्छ । बच्चाको रुपमा तपाईंसँग आफ्नो कुरा परिवारमाझ राख्ने हिम्मत हुँदैन ।’
निराश थिए आमा–बुवा:
अक्षय थप्छन्, ‘मेरा आमा–बुवा निराश थिए । जो सुकै अभिभावकलाई आघात लाग्छ नै । उहाँहरुलाई लाग्यो कि यो उमेरमा मैले जे गरेँ त्यो सही थिएन । त्यतिबेलाका अभिभावक रुढिवादी हुन्थे । यस्तो प्रकारको जोखिम उठाउनमा असहमती जनाउँथे । अहिले पनि समाज सुरक्षाको पछाडि भागिरहेका छन् र धेरैजसो मानिसहरु सरकारी जागिरलाई प्राथमिकता दिइरहेका छन् । रोचक कुरा के छ भने लाखौं मानिसहरु टाउको झुकाएर ६० वर्षसम्म जागिर खान्छन् । इमान्दारी र निष्ठापूर्वक काम गर्छन् र अवकाश लिन्छन् । यो एक उपलब्धि हो ।’
अक्षयका अनुसार उनले फिल्मलाई करियरको रुपमा छाने र चाँडै नै उनका अभिभावकले पनि उनलाई समर्थन गरे ।
पहिलो फिल्म खेल्दा २२ वर्षका थिएः
जतिबेला अक्षयको डेब्यू फिल्म ‘हिमालय पुत्र’ रिलिज भयो तब उनी २२ वर्षका थिए । उनका पिता विनोद खन्नाले फिल्म निर्माण गरेका थिए र पंकज पाराशर यसका निर्देशक थिए । यही एउटा फिल्म हो जसमा बुवा–छोराले स्क्रिन सेयर गरेका थिए । फिल्मले बक्स अफिसमा सन्तोषजनक सुरुवात पाएको थियो । तर पछि यसले धेरै कमाउन सकेन तसर्थ फ्लप भयो ।
अक्षयको नयाँ फिल्म ‘सब कुशल मंगल’ जनवरी ३ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण