मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अक्षय खन्नाले भने, ‘मैले कलेजको पहिलो वर्षको परीक्षा दिइनँ, थाहा थियो फेल हुनेछु’

आइतबार, ०६ पुस २०७६, १० : २७
आइतबार, ०६ पुस २०७६

अक्षय खन्नाले कलेजमा भर्ना भएपछि पहिलो वर्षको परीक्षामा फेल हुने पक्कापक्की भएपछि परीक्षा नै नदिएको खुलासा गरेका छन् । रिलिजको संघारमा रहेको फिल्म ‘सब कुशल मंगल’ को प्रोमोशनमा व्यस्त अक्षयले मुम्बई मिररसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । उनले भने, ‘मलाई पढाईमा अघि बढ्ने रुची नै थिएन । म परीक्षाका लागि पर्याप्त रुपमा तयार थिइनँ । राम्रोसँग थाहा थियो कि फेल हुनेछु । त्यसकारण परीक्षा दिनै गइनँ ।’

त्यतिबेला १७ वर्षको थिएँः अक्षय

अक्षय थप्छन्, ‘मैले त्यहि गर्ने निर्णय गरेँ, जुन म गर्न चाहन्थेँ । प्रश्न यो थियो कि परिवारलाई चाहिँ कहिले भन्ने ? किनभने म त्यतिबेला १७ वर्षको मात्रै थिएँ । तपाईं आफ्नो परिवारलाई आफ्नो करियर चोइसबारे भन्न डराउनुहुन्छ र संवादमा ढिला हुन्छ । बच्चाको रुपमा तपाईंसँग आफ्नो कुरा परिवारमाझ राख्ने हिम्मत हुँदैन ।’

निराश थिए आमा–बुवा:

अक्षय थप्छन्, ‘मेरा आमा–बुवा निराश थिए । जो सुकै अभिभावकलाई आघात लाग्छ नै । उहाँहरुलाई लाग्यो कि यो उमेरमा मैले जे गरेँ त्यो सही थिएन । त्यतिबेलाका अभिभावक रुढिवादी हुन्थे । यस्तो प्रकारको जोखिम उठाउनमा असहमती जनाउँथे । अहिले पनि समाज सुरक्षाको पछाडि भागिरहेका छन् र धेरैजसो मानिसहरु सरकारी जागिरलाई प्राथमिकता दिइरहेका छन् । रोचक कुरा के छ भने लाखौं मानिसहरु टाउको झुकाएर ६० वर्षसम्म जागिर खान्छन् । इमान्दारी र निष्ठापूर्वक काम गर्छन् र अवकाश लिन्छन् । यो एक उपलब्धि हो ।’

अक्षयका अनुसार उनले फिल्मलाई करियरको रुपमा छाने र चाँडै नै उनका अभिभावकले पनि उनलाई समर्थन गरे ।

 पहिलो फिल्म खेल्दा २२ वर्षका थिएः

जतिबेला अक्षयको डेब्यू फिल्म ‘हिमालय पुत्र’ रिलिज भयो तब उनी २२ वर्षका थिए । उनका पिता विनोद खन्नाले फिल्म निर्माण गरेका थिए र पंकज पाराशर यसका निर्देशक थिए । यही एउटा फिल्म हो जसमा बुवा–छोराले स्क्रिन सेयर गरेका थिए । फिल्मले बक्स अफिसमा सन्तोषजनक सुरुवात पाएको थियो । तर पछि यसले धेरै कमाउन सकेन तसर्थ फ्लप भयो ।

अक्षयको नयाँ फिल्म ‘सब कुशल मंगल’ जनवरी ३ मा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप