गृहमन्त्रीको निर्देशनपछि हटाउन थालियो काठमाडौँका होर्डिङ बोर्ड (फोटोफिचर)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको चोक–चोकमा कुरुप बनाउने गरी राखिएको होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोष्टर, तारलगायतका सामग्री हटाउन सुरु गरेको छ ।
पहिलो दिन शुक्रबार (आज) माइतीघर, तिनकुने, टेकुलगायतका स्थामा महानगरका कर्मचारीले होर्डिङ बोर्ड हटाएका छन् । महानगरपालिकले तत्काल चार ओटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउने अभियान चलाएको छ ।
बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसहितको बैठकले गरेको निर्णय अनुसार आजैदेखि होर्डिङ बोर्डगायतका सामाग्री हटाउन सुरु गरेको हो ।
सर्वोच्च अदालतले ४ वर्षअघि नै काठमाडौंका होर्डिङ बोर्डहरु हटाउन आदेश दिएको थियो ।
यसअघि रातोपाटीले कात्तिक ५ गते ‘दुर्घटना निम्त्याउँदै डिजिटल होर्डिङ बोर्ड : महानगर कमाउ धन्दामा लाग्दा गुनासो सुनुवाइ भएन’ शीर्षकमा समाचार सम्प्रेषण समेत गरेको थियो ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण