सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण थाल्यो
एजेन्सी । अमेरिकी सेनाले इराक र सिरियास्थित केही स्थानमा आक्रमण गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सेनाले इरानसमर्थित लडाकूहरुका केही शिविरमा सो आक्रमण लक्षित गरेको बताइएको छ ।
इराक र सिरियाका करिब पाँच स्थानमा अमेरिकाले यस्तो हमला थालेको हो । अमेरिकी सेनाले इराक र सिरियाका ती स्थानमा आइतबारबाट हमला थालेको बताइएको छ ।
इराकमा रहेका भनिएका कताब हेजबुल्लाहका शिविरहरुलाई अमेरिकी सेनाले लक्ष्य बनाएको हो । केही दिनअघि इराकमा रहेका अमेरिकी सेनामाथिको हमलाका विरुद्धमा यो कारबाही गरिएको हो ।
केही दिन अघिको सो हमलाका क्रममा इराकमा अमेरिकाका एकजना ठेकेदारको मृत्यु भएको थियो । त्यही आक्रमणको प्रतिउत्तर स्वरुप आइतबार अमेरिकी सेनाको यो आक्रमण शुरु भएको अनुमान गरिएको छ ।
इराकको सुरक्षा निकायले आइतबार अमेरिकी सेनाले गरेको सो हमलामा परी यहाँका कम्तीमा पनि २५ जना कताइब हेज्बोल्लाह समूहका लडाकूको ज्यान गएको छ । त्यस आक्रमणमा अरु ५० जना घाइते भएका पनि इराकी सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
केही समययता कताइब हेजबोल्लाहको सो समूहले इराकमा कतिपय स्थानलाई नियन्त्रणमा लिएका थिए । पछि भने इराकी सुरक्षाअधिकारीले ती क्षेत्र आफ्नो नियन्त्रणमा आइसकेको बताएका थिए ।
आइतबार शुरु भएको सो हमलाले ती क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएको बताइएको छ ।
यस आक्रमणको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ ।अमेरिकी सरकारले ती हेज्बुल्लाह समूहलाई आतङ्कवादी सङ्गठनका रुपमा व्यवहार गर्ने गरेको छ । अमेरिकी सेनाले गत हप्ता इराकको किर्कुक शहरमा हमला गरेको थियो । त्यसअघि भएको ती हेजबुल्लाहको आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए ।
त्यस आक्रमणमा परी कैयौँ अमेरिकी सेना तथा इराकी अधिकारीहरू पनि घाइते भएका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार वाशिङ्टन डीसीमा बोल्दै अमेरिकी नागरिकको ज्यान खतरामा परे अमेरिकाले प्रतिकार गर्ने चेतवानी इरानलाई दिएका थिए ।
त्यसैगरी आइतबारै अमेरिकी रक्षामन्त्री मार्क एस्परले पनि लडाकू विमानहरूले कताइब हेज्बोल्लाह समूहसँग सम्बन्धित पाँचवटा स्थानमा आक्रमण गरेको जानकारी यहाँस्थित समाचारदाताहरुलाई दिएका थिए ।
उनले आक्रमण गरेका भनिएका ती स्थानहरुमध्ये तीनवटा स्थान इराकको पश्चिमी क्षेत्र र अरु दुइ ओटा भने सिरियाको पूर्व भू–भागमा पर्छन् । कताइब हेजबुल्लाह नामको सो लडाकू समूह शिया मुस्लिमहरूको मिलिसिया समूह हो सन् २००७ मा गठन भएको यो सङ्गठन इरानको समर्थनमा स्थापना भएको हो । –एएफपी/U.S. Army photo by Staff Sgt. Desmond Cassell
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण