प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सधैँ लडिरहन्छ : सभापति देउवा
सुनसरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सँधै लडिरहने बताएका छन् । नेपाली काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको ४४औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उनले काँग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गर्नुभएकाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस हरसम्भव लागिरहने बताए ।
प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रसँग लडाइ लडेको बताउँदै उनले अबको दिनमा सरकारसँग पनि लडाइ लड्ने दिन आएको बताए ।
प्रजातन्त्र विरुद्धमा लाग्ने जो कोहीसँग पनि काँग्रेस लडाइ लड्न तयार रहेको सभापति देउवाले उल्लेख गरे। पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीका नेता अहिलेको सरकारको विरुद्धमा बोल्नका लागि थुरथुर काम्ने गरेको तर आफूविरुद्ध जथाभावी बोल्ने गरेको सभापति देउवाले आरोप लगाए ।
अहिले सरकारले संसद्मा दर्ता गरेको सञ्चार सम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने सभापति देउवाले ठोकुवा गरे । उनले नेकपाले अहिलेकोसम्म सभामुखको उम्मेद्धवार चयन गर्न नसकेकाले काँगे्रसलाई सभामुख दिए भोलि नै उम्मेद्ववार दिएर दिने उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले प्रजातन्त्र ल्याउनका लागि आफूसहितका नेताले विभिन्न चुनौतीको सामना गर्दै भारतमा पुनरवास जीवन बिताएकाले यसको रक्षाका लागि सँधै लडिरहने उल्लेख गरे ।
अहिलेको अवस्थामा नेपाली काँग्रेसमा बिपी कोइराला र गणेशमान सिंहमा भएको एकता जस्तै पार्टीभित्र पनि अन्य नेतामा एकता हुनुुपर्नेमा जोड दिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण